यतिका दुई नयाँ बियर बजारमा
यति ब्रुअरीले “अर्ना लाइट” र “अर्ना स्ट्रङ्ग” बियर बजारमा ल्याएको छ ।
२७ चैतमा राजधानीमा आयोजित एक समारोहकाबीच यतिले दुई बियर सार्वजनिक गरेको हो ।
अर्ना लाइट निकै कम क्यालोरीमा उत्पादन गरिएको कम्पनीले दाबी गरेको छ ।
दुवै बियर देशभरका सबै लिक्वर आउटलेट, होटेल, रेस्टुरेन्ट तथा पसलमा उपलब्ध भएको यति ब्रुअरीले जनाएको छ ।
चितवनको चैनपुरमा उत्पादन गरिएका अर्ना लाइट र अर्ना स्ट्रङ्गमा क्रमशः ४.६ र ६.५ प्रतिशत अल्कोहलको मात्रा रहेको कम्पनीले जनाएको छ ।