भायनेटले ल्यायो नयाँ वर्ष अफर
इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले नयाँ वर्ष २०७४ लाई लक्षित गरी “खोजेकै यही हो” अफर ल्याएको छ ।
यस अफर अन्तर्गत ग्राहकहरुले भायनेटको इन्टरनेट र नेट टिभी एउटै कम्बोमा लिन सक्नेछन् ।
वार्षिक ग्राहकहरुका लागि रु. १२८५ मा उपलब्ध यस कम्बोमा ग्राहकहरुले २ एमबिपिएस स्पिडको इन्टरनेटका साथै १२१ वटा च्यानल भएको नेट टिभी हेर्न सक्नेछन् ।
सन् १९९९ मा स्थापित भएको भायनेटले २०११ देखि फाइबर अप्टिक्स् इन्टरनेट सर्भिस शुरु गरेको हो । काठमाडौँ उपत्यकाभर भायनेटको फाइबर कभरेज रहेको कम्पनीले जनाएको छ ।