थप समाचार आइतबार, चैत २७, २०७३

बर्दियामा विद्युत् चुहावट ४० प्रतिशत, दुई सय ९५ जना कारबाहीमा

हिमालखबर

नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले विद्युत् चोरी गरी प्रयोग गर्ने दुई सय ९५ जनालाई कारबाही गरेको छ ।

घरायसी तथा व्यापारिक प्रयोजनका लागि विद्युत् चोरी गर्दै आइरहेका त्यस्ता व्यक्तिलाई कारबाही गरिएको गुलरिया वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले बताए ।

उनले बर्दियामा विद्युत् चुहावटले विकराल समस्या बनाइरहेको हुँदा यसलाई न्यूनीकरण गर्न आफूहरु लागि परेको जानकारी दिए । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विद्युत् चोरी गर्ने करिब तीन सयजनालाई पक्रेर गरिएको कारबाहीमा रु २४ लाख विगोबापत क्षतिपूर्ति समेत असुल गरिएको छ । विद्युत् चुहावटकै कारण लोडसेडिङ बढाउनुपर्ने अवस्था बर्दियामा छ । अहिले बर्दियामा करिब ४० प्रतिशत विद्युत् चुहावट हुने गरेको पाइएको छ । रासस

प्रतिकृया दिनुहोस