आगामी बजेट लगानीमैत्री हुन्छ: डेपुटी गर्भनर
नेपाल राष्ट्र बैङ्कका डेपुटी गर्भनर शिवराज श्रेष्ठले आगामी बजेट, आर्थिक तथा मौद्रिक नीति, कृषि, पर्यटन र ऊर्जाको विकासमा लगानीमैत्री हुने बताएका छन् ।
बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अबको बजेट, आर्थिक र वित्तीय नीति बिषयक छलफलमा श्रेष्ठले राज्यको सङ्घीय संरचनाको विकासकै लागि आगामी वित्तीय नीति तथा कार्यक्रमहरू निर्देशित हुने बताएका हुन् ।
अबदेखि नेपालको बैंकिङ्ग क्षेत्रले जनतालाई केन्द्र मानेर नीति बनाउनु पर्ने समय आईसकेको उनको भनाइ थियो । श्रेष्ठले देशको अर्थतन्त्र सुधार गर्न, दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न नेपालको बैंकिङ्ग क्षेत्रले पनि समयानुकुल ब्याजदर निर्धारण गरी बैङ्कको निक्षेपकर्ता तथा कर्जा ग्राहक लाभान्वित हुने गरी बैंकिङ्ग योजना ल्याउनु पर्नेमा जोड दिएका थिए ।
डेपुटी गर्भनर श्रेष्ठले राज्यको ढुकुटीमा अझै पनि २ सय अर्ब नगद मौज्दात रहेको जानकारी दिए । राज्य संयन्त्रले खर्च गर्न नसक्दा थन्केको रकमले देशको अर्थतन्त्रमा नकरात्मक असर परेको पनि उनले टिप्पणी गरे ।