एभरेष्ट बैङ्कको कमलपोखरीमा नयाँ एटिएम
एभरेष्ट बैङ्कले कमलपोखरीको जैन भवनमा नयाँ एटिएम सेवा शुरुवात गरेको छ ।
ग्राहकको सजिलो र सुविधाको लागि नयाँ एटिएम सेवाको शुरुवात गरेको बैङ्कले जनाएको छ । यो एभरेष्ट बैङ्कको ८८ औँ एटिएम सेवा हो ।
बैङ्कले हाल ८८ एटिएम, ६० शाखा, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व सङ्कलन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।