३०० सिसिको महिन्द्रा मोजो आउँदै
भारतको पुनेदेखि काठमाडौंसम्म महिन्द्रा मोजो राइड हुने भएको छ । काठमाडौंमा हुने नाडा अटो शोमा लन्च गरिने मोजोका लागि दक्ष राइडरहरु नेपाल आउँदैछन् ।
राईडरहरुको यात्राभारतको पुनेबाट २३ अगस्त २०१६ मा सुरु हुँदै इन्दौर,झाँसी, लखनउ, गोरखपुर, र बीरगंजहुँदै २८ अगस्त २०१६ माकुल १२०० कि.मि. जतिको दुरी तय गर्दै काठमाडौं आइपुग्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भारतबाट आउने मोजो राइडर्स् सारथ शेनोय तथा डेनियल डेरिक भारतको पुनाबाट महिन्द्रामोजो मै काठमाडौंमा रहेको नाडा अटो शोमा आउने भएका छन् । उनीहरुको यात्राको प्रारम्भ भने पिएस अशोक (सिनियर भाइस–प्रेशिडेन्ट, आर एण्ड डि) ले गर्नेछन् ।