कपिलवस्तुः लुटपाट गर्ने गिरोहका ९ जना पक्राउ
गाडी लिएर लुटपाट गर्दै हिड्ने गिरोहमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका ओदारीस्थित हाटबजारमा स्थानीय कमला कुंवरको रु १ लाख १० हजार मूल्यको सुनको सिक्री चोरी गरेका बालक पक्राउ परेपछि उनको बयहानका आधारमा गिरोहका अन्य ८ जना पक्राउ परेका हुन् ।
पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
कपिलवस्तु र रुपन्देहीका विभिन्न हाटवजार तथा भीडभाड हुने ठाउँमा विशेष गरी महिलाका गरगहना लुटपाट गर्ने, ठगी गर्ने लगायतका गतिविधि गरेको आरोपमा प्रहरीले बाराको खेपवा–३ का ३६ वर्षीय राजेशप्रसाद राय नेटुवा, ३७ वर्षीय रामप्रवेश राय र एकजना १३ वर्षीय बालकलाई पक्राउ गरेको हो ।
यसै गरी बाराकै प्रसौनी–९ वस्ने ३३ वर्षीय मोसाफिर मियाधोवी, पर्साको वीरगञ्ज–१९ का २४ वर्षीय विशाल राययादव, सुगौली–४ का १८ वर्षीय वेचु राययादव, वीरगञ्ज–२३ का १८ वर्षीय रविकुमार राय, औडाहा–५ का १७ वर्षीय अजय राय र वीरगञ्ज–२३ का ४५ वर्षीय राजा रायनटलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट लुटपाटमा जाँदा प्रयोग गर्ने बा ११ च ५२०७ नम्बरको गाडी, लु ४ प ६७४९ र लु १३ प ८४१० नम्बरको २ थान मोटरसाईकल र १ लाख ४० हजार मुल्य बराबरको सुनको सिक्री सहितका गहना बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्की नेतृत्वको टोलीले वेथरीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
गोपाल भण्डारी, कपिलवस्तु