संसदमा मानवअधिकार प्रतिवेदन पेश
व्यवस्थापिका–संसद्को आजको बैठकमा फरकफरक प्रतिवेदन पेस भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले ‘राष्ट्रिय मानवअधिकार आयोगको तीन आर्थिक वर्ष(२०७०/७१, आव २०७१/७२, आव २०७२/७३) को वार्षिक प्रतिवेदन पेस गरे ।
यस्तै विधायन समितिका सभापति गङ्गा चौधरीले ‘फौजदारी कसूर(सजाय निर्धारण तथा कार्यान्वयन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७३’ पेस गरे ।
यस्तै राज्य व्यवस्था समितिका सभापति दीलबहादुर घर्तीले ‘सामाजिक व्यवहार सुधार विधेयकसम्बन्धी समितिको वार्षिक प्रतिवेदन, २०७३’ र ‘राज्य व्यवस्था समितिको वार्षिक प्रतिवेदन, २०७३’ पेस गरे ।
व्यवस्थापिका–संसद्को अर्को बैठक २८ चैत दिउँसो १ बजे बस्नेछ ।
रासस