फोर्डको अप्पर मुस्ताङ एडभेन्चर
फोर्डले यति ट्राभल्ससँग सहकार्य गर्दै सात दिने फोर्ड अप्पर मुस्ताङ एडभेन्चरको आयोजना गर्ने भएको छ ।
फोर्डका अनुसार एडभेन्चर काठमाडौँ पोखरा जोमसोम हुँदै लोमानथानसम्म पुगेर पुनः पोखरा फर्कनेछ ।
फोर्डले आफ्नो गाडीको टेक्नोलोजी र विशेषताको बारेमा सु–सूचित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
यो कार्यक्रममा फोर्ड बाहेक अन्य ब्राण्डका गाडीहरु पनि समावेश हुन सक्नेछन् । कार्यक्रमले आफ्नो गाडीमा भएका विभिन्न अफरोड फिचरहरु प्रयोग गर्ने र क्षमताको प्रत्यक्षदर्शी हुने अवसर मिल्ने फोर्डले जनाएको छ ।