छ जिल्लाको मतदाता परिचयपत्र तयार
निर्वाचन आयोगले ६ जिल्लाको मतदाता परिचयपत्र तयार भएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदाता परिचयपत्र छपाइ कार्यको स्थलगत निरीक्षण गर्दै आयोग सम्पूर्ण रूपमा निर्वाचनको तयारीमा लागेको बताएका छन् ।
आयोग परिसरमै छापिइरहेको मतदाता परिचयपत्रकाे छपाइ कार्य तीव्ररूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
हालसम्म गोरखा, मनाङ, मुस्ताङ, रसुवा, ताप्लेजुङ र तेह्रथुम जिल्लाको मतदाता परिचयपत्र छापिसकिएको छ ।