गौतमबुद्ध विमानस्थलको निर्माण कार्य सुचारु
चिनियाँ र नेपाली कम्पनीबीचको विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुचारु भएको छ ।
विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्रयाक्ट नेपाली कम्पनीबीच रकम लेनदेनमा विवाद हुँदा विमानस्थल निर्माणकार्य १५ दिन रोकिएको थियो ।
तोकिएकै समय सीमाभित्र विमानस्थलको निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको विमानस्थल निर्माण आयोजनाले जनाएको छ । हाल विमानस्थलको टर्मिनल भवन र अग्नि नियन्त्रण भवन तथा जहाज पार्किङ स्थलको निर्माण कार्य भइरहेको छ ।