मोइस्चर प्रुफ प्याकेजिङ्मा अर्घाखाँची सिमेन्ट
अर्घाखाँची ओपीसी सिमेन्टको उत्पादक कम्पनी अर्घाखाँची सिमेन्ट प्रालिले मोइस्चर प्रुफ प्याकेजिंगमा अर्घाखाँची एमपी ओपीसी सिमेन्ट बजारमा ल्याएको छ ।
मोइस्चर प्रुफ प्याकेजिङले गर्दा ओस तथा साधारण पानीले असर नगर्नेे र सिमेन्टको धुलो बाहिर ननिस्कने हुनाले निर्माणकर्मी एवं उपभोक्तालाई भण्डारण र प्रयोग गर्नका लागि सहज हुने कम्पनीले दाबी गरेको छ ।
सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले सिमेन्टको गुणस्तर र तौलमा कुनै पनि कमी नहोस् र सिमेन्ट सुरक्षित रहोस् भन्ने उद्देश्यले मोइस्चर प्याकेजिङ् प्रयोग गरिएको बताए ।
रुपन्देहीको मैनाहियामा रहेको उद्योगबाट हाल दैनिक १,२०० मेट्रिक टन क्लिंकर र सिमेन्ट उत्पादन भइरहेको छ । आगामी मङ्सिरसम्ममा उत्पादन क्षमता वृद्धिगरि प्रतिदिन साठी हजार बोरा ओपीसी सिमेन्ट आफ्नै क्लिंकरबाट उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।