सेयर बजारमा दुईपटक ‘सर्किट ब्रेक’
सेयर बजारमा आज दुई पटक सर्किट ब्रेक लागेकाे छ ।
अत्याधिक रुपमा बजार बढेपछि नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेक लगाएको हो ।
एक हजार ५८७ विन्दुबाट शुरु भएको कारोबार ७९.४७ विन्दुले बढेर एक हजार ६६७ मा पुगेको थियाे । ‘क्रेडिट क्रन्च’मा सुधार भएपछि बजारमा अस्वभाविक वृद्धि देखिएको हो ।
आज कुल १३४ कम्पनीको १६ लाख ७५ हजार ३१८ कित्ता सेयर रु ९६ करोड ४२ लाख ४६ हजार ३२७ मूल्यमा कारोबार भएको छ । जसमा बिमा समूहको कारोबार सबैभन्दा धेरै भएको छ । बैंकिङ ७०.६, होटल ८७.१३, विकास बैंक ८८.२९, जलविद्युत् ६८.९१, फाइनान्स १६.७५, बिमा ७३३.३७, उत्पादन समूह ३१.०९ र अन्य समूह ७.८१ प्रतिशतले वृद्धि भएको छ ।