हुण्डाईको नयाँ वर्ष योजना
हुण्डाई मोटर्सका लागी नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष २०७४ का लागि आकर्षक योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजमा हुण्डाईका जुनसुकै गाडिहरु फाइनान्स गर्न सक्नेछन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार हुण्डाईका गाडिहरुमा ४ वर्ष निःशुल्क सर्भिसीङ्ग र तीन वर्षे वारेन्टीसमेत रहेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १६ शोरुम तथा १७ सर्भिस सेन्टरमार्फत् ग्राहकहरुलाई सुविधा प्रदान गरिरहेको जनाएको छ ।