केन्ट कार एयर प्युरिफायर बजारमा
चौधरी ग्रुपको इओएल प्रालिले केन्ट म्याजिक कार प्युरिफाइर बजारमा ल्याएको छ ।
कारको क्याविनका लागि डिजाइन गरिएको कार प्युरिफाइरले कारभित्र शुद्ध र स्वच्छ हावा प्रवाह गर्ने कम्पनीले जनाएको छ ।
जापनिज हेपा प्रविधिको प्रयोग गरिएको प्युरिफाइरले कारभित्र प्रदूषणको प्रभावलाई कम गर्ने चौधरी ग्रुपको इलेट्रोनिक्स विभागका सेल्स म्यानेजर रोशन सिंहले बताए । प्युरिफायर सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै सिंहले भने, “यो जनताको स्वस्थ स्वासप्रश्वासको लागि धेरै महत्त्वपूर्ण उत्पादन हो ।”
१२ भोल्टको कार चार्जर सकेटबाट सञ्चालन हुने प्युरिफायरमा तीन तहको फिल्टर प्रक्रियामार्फत हावालाई स्वच्छ बनाउने कम्पनीले जानकारी दिएको छ ।