एएफसी कप छनोट: नेपाल फिलिपिन्ससँग पराजित
एएफसी कप २०१९ छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको छ । ७२ औं मिनेटमा फिलिपिन्सले अर्को गोल थपेर तीन अंक सुनिश्चित गर्यो ।
मध्यान्तरसम्म नेपाल ३–१ गोलले पछाडि थियो । फिलिपिन्सको मनिलामा १५ चैतमा भएको खेलको १५ औं मिनेटमै विक्रम लामाले रातो कार्ड पाएका थिए । फिलिपिन्सको पेनाल्टी प्रहार किरण चेम्जोङले बचाए ।
१० खेलाडीमा सीमित नेपालविरुद्ध फिलिपिन्सले दोस्रो पेनाल्टीमार्फत अग्रता लियो । ३ गोलले पछि परेको अवस्थामा नेपालका लागि विशाल राईले उत्कृष्ट गोल गरे ।
विशाल ३० औं मिनेटमा अञ्जन विष्टको स्थानमा मैदान प्रवेश गरेका थिए ।
नेपालको समूहमा फिलिपिन्स, ताजिकिस्तान र यमन परेका छन् । नेपालले फिलिपिन्ससँग अर्को खेल होम ग्राउण्डमा खेल्नेछ ।
एएफसी सोलिडारिटी कप विजेताको रुपमा नेपालले एएफसी कप छनौट खेल्न पाएको हो ।
फिफा वरियतामा नेपाल १७० औं र फिलिपिन्स १२४ औं स्थानमा छ ।