नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
एसीसी इमर्जिङ्ग टिम्स कप–२०१७ को पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।
बंगालदेशको सेख कमल इन्टरनेसनल क्रिकेट स्टेडियममा १४ चैतमा टस हारेर नेपालले ब्याटिङ्गको निम्ता पाएको थियो । नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १८० रन बनाएको थियो । १५ रनमै कप्तान ज्ञानेन्द्र मल्ल २ रन बनाएर आउट भए भने त्यसपछि लगातार नेपालका विकेट झर्दै गए ।
नेपालका लागि सुनिल धमला ४३, शरद भेष्वाकर ३८, विनोद भण्डारी २४, आरिफ सेख १८, दीपेन्द्रसिंह ऐर १४ रन बनाएका थिए । पाकिस्तानका लागि गुलाम मुदास्सरले ५ र उसमा मिरले २ विकेट लिए ।
१८१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.१ ओभरमा ४ विकेट गुमाउदै जीत हासिल गरेको हो । पाकिस्तानका लागि उमाम उल हकले १०४ रनको अभिजित पारी खेले । नेपालका लागि सन्दिप लामिछाने र ज्ञानेन्द्र मल्लले दुई÷दुई विकेट लिए ।
नेपालले अर्को खेल १५ चैतमा बंगलादेशसँग खेल्नेछ ।