एमाले अध्यक्ष ओली र भारतीय राजदूतबीच भेटर्वार्ता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नवनियुक्त भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटर्वार्ता भएको छ ।
नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा अध्यक्ष ओली र राजदूत पुरीबीच भेटर्वार्ता भएको हो ।
भेटमा राजनीतिक अवस्थाको बारेमा कुराकानी नभएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । सामान्य शिष्टाचार भेटमा दुई देश बिचको ऐतिहासिक र सामाजिक पृष्ठभूमिमा कुराकानी केन्द्रित भएको ढकालले बताए ।
नवनियुक्त राजदूत पुरीले आइतबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए।