इन्भेष्टमेन्ट ब्याङ्कले ४१ प्रतिशत लाभांश दिने
नेपाल इन्भेष्टमेण्ट ब्याङ्कले २० प्रतिशत बोनश शेयर र २१ प्रतिशत नगद लाभांश दिने भएको छ । संचालक समितिको ६ भदौमा बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट नेपाल राष्ट्र ब्याङ्क तथा ब्याङ्कको आगामी वार्षिक साधारण सभाको स्वीकृतिको अधिनमा रहने शेयर र नगद लाभांश दिने निर्णय गरेको हो ।
लाभांश वितरणपछि ब्याङ्कको चुक्ता पुँजी रु. ८ अर्ब ७० करोड ६६ लाख पुग्ने ब्याङ्कले जनाएको छ । नेपाल राष्ट्र ब्याङ्कले यसअघि नै वाणिज्य बैंकहरुलाई चुक्ता पूँजी ८ अर्ब पुर्याउन निर्देशन दिएको थियो ।
चार पटक ‘ब्याङ्क अफ दि इयर’ बन्न सफल इन्भेष्टमेण्ट ब्याङ्कको सात लाख भन्दा बढी ग्राहक रहेको ब्याङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ४६ शाखा र ४७ शाखारहित ब्याङिकिङ्ग सेवा दिँदै आएको ब्याङ्कको ८२ वटा एटिएमहरु संचालनमा छन् ।