एक चीन नीतिप्रति नेपाल प्रतिबद्धः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्रीले बेइजिङमा चिनियाँ उपप्रधानमन्त्री वाङ् याङसँगको शिष्टाचार भेटमा नेपालमा जुनसुकै पार्टीको सरकार गठन भए पनि एक चीन नीति प्रति नेपाल र नेपाली सधैँ प्रतिबद्ध रहेको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको सम्बन्ध भौगोलिक तथा सांस्कृतिक रूपमा सदियौँदेखि रहेको उल्लेखसमेत गरेका छन् । त्यस्तै चीनले नेपाललाई गरेको हरेक सहयोगप्रति धन्यवाद दिँदै सहयोगलाई बढाउँदै लग्नुपर्नेमा जोड दिएका छन् ।
भेटमा चिनियाँ उपप्रधानमन्त्री याङले नेपालको संविधान कार्यान्वयनमा सबै राजनीतिक दल मिलेर अगाडि बढ्न सुझाव दिए । साथै याङ्ले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।