काँग्रेसद्वारा निर्वाचन परिचालन समिति गठन
नेपाली काँग्रेसले आगामी ३१ बैशाखको स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा १३ चैतमा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।
बैठकले केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समितिसमेत गठन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले काँग्रेसको विधान २०१७ ९संशोधित र परिमार्जित० को धारा २९ तथा काँग्रेसको नियमावली २०६८ को नियम १४ बमोजिम काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गठित समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित पार्टीको वरिष्ठताका आधारमा थप २५ केन्द्रीय सदस्य गरी जम्मा २९ सदस्यीय समिति गठन गरिएको छ ।
बैठकले पार्टीका ४२ वटा केन्द्रीय विभाग कायम गर्ने र आवश्यकताअनुसार विभागको सङ्ख्या थप गर्न सकिने निर्णय गरेको मुख्य सचिव पौडेलले जानकारी दिए । रासस