डट्सन रेडी–गोले जित्यो टाइम्स अटो अवार्ड
डट्सन कम्पनीको रेडी–गो कारले टाइम्स अटो अवार्ड २०१६ जितेको छ ।
भारतको मुम्बईमा आयोजित एक समारोहका बिच रेडी–गो लाई टाइम्स अटो अवार्ड २०१६ मार्फत सम्मान गरिएको हो ।
आकर्षक बनावट, उत्कृष्ट स्टाइलिङ्ग र उचित मूल्यको सम्मिश्रणले गर्दा कारले अवार्ड जितेको डट्सनले जनाएको छ ।
टाइम्स अटो अवार्ड २०१६ को विजेताको रूपमा सम्मानित भएको अवसरमा नेपालमा पनि डट्सनले “आज किनौ, पछि तिरौ” अफर ल्याएको छ ।
यो अफर अन्तर्गत न्यूनतम ३० प्रतिशत भुक्तानी तथा मासिक किस्ता रु १० हजार ९०७ मा रेडी–गो किन्न सकिने कम्पनीले जनाएको छ ।
यसका साथै निःशुल्क बिमा, सडक कर, फ्रि एस्सेसरिज, ३ वर्ष वारेन्टी र ३ वर्ष निःशुल्क सर्भिसिङ्गको सुविधा समेत रहेको कम्पनीले जानकारी दिएको छ ।