वासुदेव साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय
भारतीय सुरक्षाकर्मीको गोली लागेर २०६७, ११ जेठमा ज्यान गुमाएका वासुदेव साहको परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।
साहका परिवारलाई भोलि १४ चैतमा नै क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय भएको गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
तस्करलाई पक्रन भन्दै मोरङको खयरवनामा भारतीय सीमा सुरक्षा (एसएसवी)ले हानेको गोलीले साहको ज्यान गएको थियो । साह मोरङकै बासिन्दा हुन् ।
१० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भए पनि उनलाई शहीद घोषणाबारे निर्णय भने प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केपछि मात्र हुनेछ ।