कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, १४ चैतमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
बैठकमा संविधान संशोधन, आशन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पार्टीको महाधिवेशन भएको एक वर्षसम्म पनि पदाधिकारी, बाँकी सदस्य मनोनयन र विभाग गठन नभएकोमा नेतृत्वको आलोचना हुँदै आएको छ ।
त्यस्तै बैठकमा सभापति शेरबहादुर देउवाले कार्यसम्पदान समिति गठनको प्रस्ताव पेस गर्ने बुझिएको छ ।
कांग्रेस विधानअनुसार पार्टी सभापतिको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्नेछ ।
बैठकले पार्टीको विभाग सङ्ख्याबारे पनि टुङ्गो लगाउने सचिवालयले जनाएको छ ।
पार्टी सभापतिले नियुक्त गर्ने उपसभापति महामन्त्री, सहमहामन्त्रीबारेको छलफल भने कार्यसूचीमामा छैन ।
यसअघि १० चैतमै बैठक बस्ने भन्दै केन्द्रीय कार्यालले विज्ञप्ति जारी गरे पनि बैठक बस्न सकेको थिएन ।