मानार्थ महारथीको लागि भारतीय सेनाध्यक्ष नेपाल आउँदै
भारतीय सेनाध्यक्ष विपीन रावत १५ चैतमा मानार्थ महारथीको सम्मानका लागि नेपाल आउने भएका छन् ।
नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले रावतलाई विशेष समारोहकाबीच नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नेछिन् ।
नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।
रावत भारतीय सेनाको २७ औँ सेनाध्यक्षका हुन् । नेपालमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम तय भएको छ ।