ओप्पोले सार्वजनिक गर्यो सेल्फी एक्स्पर्ट एफथ्री प्लस
स्मार्टफोन ब्राण्ड ओप्पोले नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक गर्दै ग्रुप सेल्फी ट्रेण्डको शुरुवात गरेको छ ।
सार्वजनिक गरिएको एफथ्री प्लसमा डुअल सेल्फी क्यामेरा समावेश गरिएको छ । यसमा ४ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ । एफथ्री प्लसमा ४ जीबी र्याम र ६४ जीबी रोमका साथै ओक्टा कोर प्रोशेसर रहेको छ ।
ओप्पोले सेल्फीका लागि १६ मेगा पिक्सेल क्षमता सहितको क्यामेराका साथै ग्रुप सेल्फीका लागि १ सय २० डिग्री वाइड एङ्गल लेन्स रहेको जनाएको छ ।
फोनको बिक्रीका लागि कम्पनीले नेपालमा ११ चैतदेखि बुकिङ शुरु गरेको छ ।