भिसामा कडाई गर्न ट्रम्पको अर्को आदेश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारभरका अमेरिकी दूतावासहरुलाई भिसामा कडाई गर्न आदेश दिएका छन् ।
राष्ट्रपति ट्रम्पले चुनावी प्रतिबद्धता अनुसार विदेशीलाई अमेरिका प्रवेशमा थप कडाइ गर्न दुतावासहरुलाई आदेश दिएका हुन् ।
ट्रम्पको यो आदेशसँगै भ्रमण, व्यापार वा पढाइका सिलसिलामा अमेरिका जान चाहनेहरुलाई भिसा प्राप्त गर्न थप कठिन हुने भएको छ । नयाँ निर्देशन अनुसार अब दूतावासले भिसा आवेदकहरुको सामाजिक सञ्जालको पृष्ठभूमि समेत हेर्नेछ ।
तर, ३८ अमेरिकी सहयोगी मुलुक जस्तै जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड र युरोपका मुलुकहरूमा भने यो आदेश लागू हुने छैन । यसअघि ट्रम्पको ६ मुस्लिम मुलुकका नागरिकलाई अमेरिका प्रवेश गर्न बन्देज गर्ने निर्णय अदालतले रोकेको थियाे ।
विभिन्न देशका अमेरिकी दुतावासहरुले सन् २०१६ मा मात्र १ करोड विदेशी नागरिकलाई अमेरिका प्रवेशको भिसा दिएका थिए ।
न्यूयोर्क टाइम्स