नयाँ भारतीय राजदूत काठमाडौँमा
नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभ सिंह पुरी काठमाडौँ आइपुगेका छन् ।
निवर्तमान राजदूत रणजित रेकाे कार्यकाल सकिएपछि नयाँ राजदूतका रूपमा मन्जिभ सिंह पुरी काठमाडौँ आएका हुन् ।
सोमबार राजदूत पुरीले राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि कार्यभार सम्हाल्ने छन् ।
नवनियुक्त राजदूत पुरीले कुटनैतिक सेवामा लामो अनुभव संगालेका छन् ।