एसइई दिएका परीक्षार्थीहरुलाई चन्द्रागिरिमा विशेष छुट
शैक्षिक सत्र २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले तीन सय रुपैयाँमा केबलकार चढ्न पाउने भएका छन् ।
चन्द्रागिरि केबलकारले यही चैत मसान्तसम्मका लागि विद्यार्थी लक्षित यो योजना ल्याएको हो ।
यो सुविधा लिनका लागि विद्यार्थीहरूले परीक्षाको प्रवेश पत्र देखाउनुपर्ने चन्द्रागिरि हिल्सले जनाएको छ ।
छुट अन्तर्गतको यो टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा रहेको चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ ।