काठमाडौंमा असिनासहितको वर्षा
काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा असिनासहितको भारी वर्षा भएको छ । ११ चैत साँझ स्थानीय वायुको प्रभावका कारण लामो समयदेखि विकास भएको प्रणालीले बदलीसँगै असिना र वर्षा गराएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाको उत्तरतर्फको भेगमा भारी असिना र वर्षा भएको छ । यो केही समय रोकिए पनि बदली रातभर रहनेछ ।
खासगरी देशका मध्य र पश्चिमी पहाडी भेगमा बदली रहने मौसमविद् श्रेष्ठको भनाइ छ । स्थानीय वायुको प्रभावका कारण असिनासहितको वर्षात् भएको र यो प्रणाली उत्तरबाट दक्षिणतर्फ झर्दै गरेकाले सोको असर देखिएको हो ।
काठमाडौँ उपत्यकाको अधिकतम २३ र न्यूनतम तापक्रम १२ डिग्रिसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।रासस