नेपाल–चीन सम्बन्ध सुदृढ गर्न भ्रमण महत्वपूर्ण: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको र त्यसक्रममा उच्च स्तरीय भेटघाट र छलफल हुने बताएका थिए ।
उनले आफ्नो चीन भ्रमण सदभावना भ्रमण भएको जानकारी दिँदै यसक्रममा दुई देशबीच विश्वासको वातावरण बढाउने तथा नेपालको हितका विविध बिषयमा छलफल हुने जानकारी दिए ।
उक्त भेटमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व मन्त्रीहरु डा।रामशरण महत, रमेशनाथ पाण्डेसहित विज्ञहरु टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतले आफ्ना सुझाव दिएका थिए ।