विश्वव्यापी काेराेनाभाइरस महामारी

५७३५५१८

हालसम्म संक्रमित

२४६७२४१

निको भएका

३५४२३०

मृत्यु हुनेको संख्या

नेपाल

८८६

जम्मा संक्रमित

१८३

निको भएको

मृत्यु

अपडेटः बुधबार, १४ जेठ २०७७ ।१०:४५ बजे राति | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

समाचार बुधबार, चैत ९, २०७३

प्रस्तावित सबै राजदूतको नाम अनुमोदन

हिमालखबर

व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले १२ देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइपछि आज अनुमोदन गरेको छ ।

सरकारले लक्की शेर्पा (अस्ट्रेलिया), निरञ्जनकुमार थापा (इजरायल), शर्मिला पराजुली (ओमान), रमेशप्रसाद कोइराला (कतार), अर्जनुजङ्गबहादुर सिंह (गणतन्त्र कोरिया), प्रतिभा राणा (जापान), युवनाथ लम्साल (डेनमार्क), चोपलाल भुसाल (बङ्गलादेश), पदम सुन्दास (बहराइन), भीमकृष्ण उदास (म्यान्मार), विश्वम्भर प्याकुरेल (श्रीलङ्का) र महेन्द्रप्रसाद सिंह (साउदी अरेबिया)लाई राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

संसदीय सुनुवाइपछि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ठकालले जानकारी दिए । समितिले तीन दिन लगाएर प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको थियो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्नो अवधारणा र सोच प्रस्तुत गर्दै मुलुकको हित र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस