कुमारी बैङ्कले नगद लाभांश वितरण गर्ने
कुमारी बैङ्कले एक दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
बैङ्कले आज सम्पन्न १६ औँ साधारणसभामा रु दुई करोड ९७ लाख ८६ हजार बराबरको बोनस लाभांश शेयर वितरण गर्ने जनाएको हो । सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको २१ प्रतिशत अर्थात् रु ५६ करोड ६८ लाख बराबरको बोनस शेयर स्वीकृत गरेको हो ।
बैङ्कको साधारणसभाले काष्ठमाण्डप डेभलमेन्ट बैङ्क, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैङ्क र काँक्रेविहार विकास बैङ्क गाभ्नका लागि प्रक्रिया अगाडि बढाउने प्रस्तावसमेत पारित गरेको छ ।