हिमालयन पावर पार्टनर लिमिटेडकोे शेयर बाँडफाँड
हिमालयन पावर पार्टनर लिमिटेडले शेयर बाँडफाँड गरेको छ ।
कम्पनीले आज ९ हजार ४ सय ६८ आवेदकलाई ३१ लाख ४० हजार ८ सय ६० कित्ता शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले १० लाख ६५ हजार ४ सय १७ कित्ता शेयर मध्ये आयोजना प्रभावित क्षेत्रकाका लागि ५० प्रतिशत र बाँकी ५० प्रतिशत अन्य लमजुङ्ग जिल्लाका बासिन्दाहरुलाई शेयर निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट गत मङ्सिरमा स्वीकृति प्राप्त गरेको थियो ।
बाँटफाँडमा नपरेको रकम फिर्ता यही १५ चैतमा शेयर दरखास्त आवेदन फारममा उल्लेख गरेको बैङ्क तथा वित्तीय संस्थाको बैङ्क खातामा भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको हकमा ५० कित्ता शेयर आवेदन भर्नेलाई न्यूनतम ३४ कित्ता प्रदान गरिएको र बाँकीको हकमा समानुपातिक रूपमा बाँडफाँड गरिएको कम्पनीले जनाकारी दिएको छ ।