केपी ओली श्रम समितिमा
व्यवस्थापिका–संसद्को आजको बैठकले विभिन्न समितिमा रहने सांसदको नाम थप गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
जसअनुसार केपी शर्मा ओली र भीमबहादुर रावल अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति, कुन्तीकुमारी शाही विधायन समिति, दीपनारायण साह, नरदेवी पुन र दामोदर भण्डारी अर्थ समिति, शान्ता मानवी विकास समिति, सत्यनारायण मण्डल वातावरण समिति, विष्णुप्रसाद पौडेल लेखा समिति र रामकुमार सुब्बा राज्य व्यवस्था समिति सदस्यमा मनोनयन भएका छन् ।
सभामुख ओनसरी घर्तीले सदनको आजको बैठकमा उक्त प्रस्ताव राखेकी थिइन् ।