नर्वे संसारकै खुशी देश, नेपाल ९९ औँ स्थानमा
युरोपियन मुलुक नर्वे संसारकै सबैभन्दा खुशी देश घोषित भएको छ ।
विश्व खुशी दिवसको अवसरमा संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा नर्वे एक नम्बरको खुसी मुलुक बनेको हो ।
संयुक्त राष्ट्र सङ्घको सहयोगमा स्वतन्त्र विज्ञहरुले तयार पारेको विश्व खुशी रिपोर्ट–२०१७ अनुसार अघिल्लो वर्ष चौथो स्थानमा रहेको नर्वे यो वर्ष पहिलो खुशी राष्ट्र हुन सफल भएको हो। नर्वेले डेनमार्क, आइसल्याण्ड र स्वीजरल्याण्डलाई पछि पार्दै पहिलो हुन सफल भएको हो ।
नर्वेपछि क्रमशः आइसल्यान्ड, स्वीट्जरल्यान्ड र फिनल्यान्ड खुसी मुलुकको सूचीमा परेका छन् ।
विश्व खुशी रिपोर्ट–२०१७ अनुसार नेपाल ९९ औँ स्थानमा रहेको छ । त्यस्तै अमेरिका १४ औँ स्थानमा रहेको छ । मध्यअफ्रिकी मुलकहरु भने सूचीको सबैभन्दा पछाडि रहेका छन् ।
सामाजिक विकास, सुरक्षा, स्वतन्त्रता, इमान्दारिता, स्वास्थ्य स्थिति, सुशासन र आम्दानी विश्लेषणको आधारमा विश्वका १ सय ५५ राष्ट्रहरूको खुशी मापन गरिएको थियो ।
सीएनएन