ट्रकको ठक्करबाट एसइई परीक्षार्थीको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षार्थीको ७ चैत बिहान मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.१ क. ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ कि १६ वर्षीया नितुकुमारी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
रुपनगरस्थित शङ्कर उच्च माविमा अध्ययनरत नितु भारदहको बिपी मावि परीक्षा केन्द्रमा परीक्षा दिन जाँदै गर्दा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस