अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइने
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हाल स्थानीय तहको स्वीकृत दरबन्दीमा नियमानुसार यसअघि नियुक्त भएका अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै सेवा, सर्तबमोजिम कार्यरत रहने गरी काममा खटाउने निर्णय गरेको छ ।
उपप्रधानमन्त्रीस्तरीय निर्णयअनुसार साविकको जिविस, नगरपालिका वा गाविस वा सोको वडा जुन जिविस, नगरपालिका वा गाउँपालिकामा समावेश भएको हो सोही स्थानमा कार्यरत रहनेगरी काममा खटाउन निरन्तरता दिने निर्णय गरेको हो ।
चैत ३ गतेको निर्णयबारे ६ चैतमा मन्त्रालयले परिपत्र जारी गर्दै सार्वजनिक गरेको हो । रासस