झापामा बस पल्टिँदा ९ घाइते
पूर्वपश्चिम राजमार्गको झापा लखनपुर–सितापुरी खण्डमा ६ चैत्र साँझ बस पल्टिँदा नौजना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ३ प ७८१५ नम्बरको यात्रुवाहक बस साँझ ६ बजे पल्टिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी दमक २ की ३० वर्षीया नीता विष्टलाई उपचारको लागि बिराटनगर लगिएको छ भने बाँकी ८ घाइतेको दमकस्थित लाइफलाईन अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाबाट यातायात आवागमन समेत प्रभावित भएको छ ।
गोपाल गडतौला, झापा