पूर्व महान्यायाधीवक्ता फुँयाल अस्पतालमा
सवारी दुर्घटनामा परेका पूर्व महान्यायाधीवक्ता हरि फुँयालकाे अस्पतालमा उपचार चलिरहेको छ । फुँयाल, उनकी श्रीमती अन्जु सहित चार घाइतेहरुको राजधानीस्थित नर्भिक अस्पतालमा उपचार चलरिहेको हाे । फुँयालको आईसियुमा उपचार भईरहेको छ । उनका दाजु चुडामणिका अनुसार चिकित्सकले खतरामुक्त रहेको बताएको बताएका छन् ।
झापाबाट काठमाडौं फर्कदै गर्दा ४ भदौ विहान ढल्केवरमा उनको निजी गाडी गाडी ढुंगामा ठोक्किएर दुर्घटनामा परेको थियो । ढल्केबरमा दुर्घटनामा परेपछि घाइतेहरुलाई जनकपुरबाट विमानमा काठमाडौं ल्याइएको हो ।