विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमा पोखरा पनि
नेशनल ज्योग्राफीले विश्वका उत्कृष्ट १२ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ । सन् २०१७ मा घुम्नैपर्ने स्थान भनेर समेटेको उक्त रिपोर्टमा कास्की जिल्लाको पोखरा पनि परेको हो ।
नेशनल ज्योग्राफीका अनुसार उत्कृष्ट गन्तव्यमा– केप टाउन (साउथ अफ्रिका), एड्रियाइटिक किनार (मोन्टेनिग्राे), न्यूयोर्क सिटी–सेन्ट्रल पार्क, ओलम्पिक नेशनल पार्क, मोनरो–विस्कन्सिन र फिलाडेल्फिया (अमेरिका) पोखरा (नेपाल), सूजौ (चाइना), ग्रेट बेरियर रिफ (अस्ट्रेलिया), लश–गल्यासियर्स नेशनल पार्क (अर्जेन्टिना), यगोसिमा आइल्याण्ड (जापना), बबल लज (फ्रान्स) रहेका छन् ।
नेशनल ज्योग्राफिले पोखरालाई हिमालयको काख भनेर चित्रण गरेको छ । जियोग्राफिका अनुसार पोखरा हाइकिङ् र प्याराग्लाडिङ्को लागि विश्वकै उत्कृष्ट गन्तव्य हो । अन्नपूर्ण क्षेत्रको प्रवेशद्धारको रूपमा रहेको पोखरा प्राकृतिक सौन्दर्य, हिमालको दृश्यावलोकन तथा सूर्योदय र सूर्यास्तको लागि उचित गन्तव्य हो । पोखरा उपत्यकाभन्दा दुई हजार फिट उचाइमा रहेको सराङ्कोटबाट माछापुछे«, धौलागिरी, अन्नपूर्ण–२, तथा मनास्लु लगायतका विश्वचर्चित हिमालहरुको अवलोकन गर्न सकिन्छ ।