गाडीमा छुटेको ४ लाखको गहनासहितको झोला फिर्ता
हेटौंडामा एकजना यात्रुले म्याजिक भ्यानमा छोडेको करिब रु ४ लाख मूल्य बराबरको गहनासहितको झोला प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
हेटौंडाकी इन्दिरा मानन्धरले सुनको गहनसहितको झोला भ्यानमै छुटेको भनी प्रहरीको आकस्मिक कक्ष १०० नम्बरमा फोन गरी जानकारी गराएकी थिइन् ।
उक्त सूचनाका आधारमा प्रहरीले सीसीटिभीमा हेर्दा ना १ ज ५३९५ नम्बरको म्याजिक भ्यानमा उनी सवार भएको रेकर्ड देखिएपछि प्रहरीले उक्त भ्यान पत्ता लगाई तलास गर्दा झोला फेला परेको थियो ।
सम्पूर्ण गहनासहितको झोला प्रहरीले धनी मानन्धरलाई हस्तान्तरण गरिसकेको छ ।