हुन्डाई ओपन गल्फ टुर्नामेन्ट हुँदै
नेपालको लागी हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.ली. ले हुन्डाई ओपन गल्फ टुर्नामेन्टको आयोजना गर्ने भएको छ ।
नेपालका एक सय गल्फर्सहरुले प्रतिस्पर्धा गर्ने टुर्नामेन्ट गोकर्ण गल्फ क्लबमा ५ चैतमा हुने भएको छ ।
प्रतियोगिताको विजेताले हुन्डाईको आई टेन गाडी उपहार पाउनेछन् ।
लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.ली. का कार्यकारी निर्देशक निराकर श्रेष्ठले यस किसिमको टुर्नामेन्टले नेपालमा गल्फ खेलको विकास र प्रबर्धन गर्न थप सहयोग पुर्याउने बताएका छन् ।