उपप्रधानमन्त्री निधि र भारतीय प्रधानमन्त्री मोदीबीच भेट
भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आज नयाँ दिल्लीस्थित प्रधानमन्त्री निवासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालका विशेषदूतका रुपमा दिल्ली पुगेका निधि र मोदीबीच सेभेन रेस् कोर्सस्थित प्रधानमन्त्री निवासमा नेपाल–भारत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटसम्बन्धी विस्तृत विवरण प्राप्त भइनसकेको उक्त मन्त्रालयले जनाएको छ ।