नेपाल सात विकेटले विजयी
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो खेलमा नेपाल सात विकेटले विजयी भएको छ ।
नेपालले ३०.२ ओभरमा तीन विकेट गुमाउदै जित हासिल गरेको हो । यो जितसँगै २ अंक पाएको नेपालले २०१९ को विश्वकप क्वालिफायर खेल्ने आशा जीवितै राखेको छ ।
सुरुवातमै लरखराएको नेपाली पारीलाई ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीले सम्हालेका थिए । ज्ञानेन्द्रले ६४ र दिपेन्द्रले ६२ रन बनाए । त्यस्तै शरद भेषवाकरले २४, सागर पुन ५ र सुनिल धमलाले १ रन बनाए ।
यस अघि केन्याले ४६.१ ओभरमा सबै विकेट गुमाउदै १५५ रन बनाएको थियो । टस जितेर केन्यालाई ब्याटिङ्गका लागि निम्त्याएको नेपालको सुरुवात राम्रो रह्यो । १४ रनमै पहिलो विेकट गुमाएको केन्यालका नियमित रुपमा विकेट झर्दै गए । इफ्रान करिम ३८, कलिन्स अबुया ४८, राकेप पटेल २१ बाहेक अरुले राम्रोसँग खेल्न सकेनन् ।
नेपालका लागि शरद भेषवाकर ४, महबुबु आलम र बसन्त रेग्मीले २र२, सागर पुन र संदिप लामिछानेले एकरएक विकेट लिए ।
२८ फागुनमा केन्यासँग भएको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो । आजको खेल नेपाल जित्नै पर्ने अवस्थामा रहेको थियो ।
यो जितसँगै नेपाल आठ अंकसहित आठ टीम सम्मिलत च्याम्पियनसीपमा छैटौं स्थानमा छ । केन्या १० अंक सहित पाँचौ स्थानमा छ भने नेदरल्यान्ड १६ अंकसहित शिर्षस्थानमा छ । पपुवान्यूगिनी १२, हङकङ र स्कटल्यान्ड ११/११ अंकसहित क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । २/२ अंकसहित नामिविया सातौं र यूएई पुछारमा रहेको छ ।
अब नेपालले हङकङ र यूएईसँग खेल्न बाँकी छ ।