काँग्रेस सांसद इन्द्र बानियाँ गृहराज्यमन्त्रीमा नियुक्त
मकवानपुर क्षेत्र नं १ का काँग्रेस सांसद इन्द्र बानियाँ गृहराज्यमन्त्रीमा नियुक्त भएका छन् ।
सरकार विस्तारसँगै मन्त्रालय हेरफेर भएपछि बानियाँलाई गृहराज्यमन्त्री बनाइएको हो ।
बानियाँ यसअघि राज्यमन्त्रीको जिम्मेवारीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा थिए ।
सरकार विस्तारसँगै पर्यटन मन्त्रालय राप्रपाले लिएपछि बानियाँ गृहमन्त्रालयमा स्थानान्तरण भएका हुन् ।
गृहमन्त्री विमलेन्द्र निधीको तीन दिने भारत भ्रमणका क्रममा नवनियुक्त गृहराज्यमन्त्री बानियाँले कार्यवाहक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन् ।