नेविसंघ सभापतिमा नयनसिंह महर विजयी
नेविसंघ सभापतिमा नयनसिंह महर विजयी भएका छन् ।
आजै विहान सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार ४२ वर्षीय महरले १४३५ मत प्राप्त गरी विजयी भएका हुन् । महरलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन थियो ।
महरका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत प्राप्त गरेका छन् ।
महामन्त्री पदमा पनि महर समूहकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा उर्मिला थपलिया निर्वाचित भएकी छन्।
उपाध्यक्षमा १ नम्बर प्रदेशबाट विकास केसी, २ नम्बरबाट सञ्जय यादव, ४ नम्बरबाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।