जेडटीईको तीन ब्लाड सेरिज स्मार्टफोन सार्वजनिक
दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा परिचित जेडटीई कर्पोरेशन नेपालको मोबाइल फोन बजारमा प्रवेश गरेको छ । कम्पनीले राजधानीमा एक कार्यक्रमकाबीच ब्लेड सिरिजअन्तर्गतका स्मार्टफोनहरुमा एस–६, डी–२ र डी–३ सार्वजनिक गरेको हो । जेडटीई मोबाइल फोनका यी नयाँ मोडलहरु नेपाली बजारमा बिक्री वितरणका लागि इभोलुशन इन्टरप्राइज प्रालीलाई एक मात्र आधिकारिक बिक्रेताको जिम्मेवारी दिइएको छ ।
इभोलोशन इन्टरप्राइजका प्रबन्ध निर्देशक विशाल आचार्य सुलभ मूल्यमा सबै किसिमका फिचर सहितका स्मार्ट फोन खरिद गर्न चाहनेहरुलाई लक्षित ल्याइएका ती फोनहरु लोकप्रिय, प्रतिस्पर्धी र स्थापित ब्राण्ड बन्नेमा आशावादी रहेको बताउँछन् ।
ब्लेड एस–६
यो एन्ड्रोइड–एल मोबाइल फोन हो, जुन क्वाल्कम स्नापड्रागन अक्टाकोर १.५ गिगाहर्ज प्रोसेरसयुक्त छ । पाँच इन्चको पूर्ण एचडी डिस्प्ले र ७.७ एमएम मोटाई रहेको एस–६ प्रयोगकर्ता मैत्री रहेको कम्पनीको दाबी छ । यो १३ मेगापिक्सेल सोनी आईएमएक्स–१४ क्यामरा तथा पाँच मेगापिक्सेलको फ्रन्ट क्यामरायुक्त छ । एस–६ मा २ जीबी ¥याम र १६ जीबी रोम रहेको छ । २४०० एमएएच पावरको ब्याट्री जडान गरिएको यस मोबाइल फोन सेटमा अंग्रेजी ‘भी’ वर्ण कोरेपछि म्युजिक प्ले हुन्छ । त्यस्तै मोबाइललाई हल्लाएरै टर्च लाईट अन गर्न सकिने कम्पनीको दाबी छ । यसको मूलय रु. १५ हजार ९९० छ ।
डी–२
डि–२ मोडेलको जेडटीई फोन ब्याट्रि फोनको रुपमा चिनिन्छ । ४००० एमएएच व्याट्री भएको यो फोन करिब ३५ दिनसम्म अन मोडमै राखे पनि चलिरहन्छ । एक पटकको फूल चार्जबाट करिब ११ घण्टा अनलाईन गेम, १८ घण्टा इन्टरनेट प्रयोग, ३५ घन्टासम्म फोनमा कुरा गर्न, ७६ घण्टा म्युजिक सुन्न र १८ घण्टासम्म भिडियो सकिने कम्पनीले दाबी गरेको छ । क्वाड–कोर प्रोसेसरयुक्त यस फोनमा ५ इन्चको एचडी आईपीएस कभर्ड डिस्प्ले रहेको छ । ब्लेड डी–२ ले मा ८ मेगापिक्सेलको पछाडिको क्यमरा रहेको छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । डी–२ को बजार मूल्य १० हजार ९९० रुपैयाँ कायम गरिएको छ ।
ब्लेड डी–३
१.३ जीएचजेड क्वाड–कोर प्रोसेसर युक्त यो स्मार्टफोन ५ इन्चको एचडी आईपीएस डिस्प्लेयुक्त छ । यसले प्रोफेसनल मुडमा १३ मेगापिक्सेल क्षमतामा फ्रन्ट क्यामराले काम गर्न सक्ने कम्पनीले जनाएको छ । यस फोन सेल्फि फोनको रुपमा चर्चित पनि छ । यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । क्यमरामा १ जीबी र्याम र ८ जीबी रोम छ । २४०० एमएएच व्याट्री क्षमतायुक्त यस फोनमा अटो–कल तथा अटो–एन्सरको अप्सन पनि छ । यसको बजारमा मूल्य १२ हजार ५०० रुपियाँ छ ।