सुजुकी भिटारा ब्रेजाको बुकिङ खुल्ला
सीजी नेक्स्ट जेनले नेपाली बजारमा स्पोर्टिएस्ट एसयूभी रुपमा परिचित सुजुकी भिटारा ब्रेजा भित्राएको छ । नयाँ कारको २ भदौबाट बुकिङ खुल्ला गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार नयाँ कार ६ भिन्न भ्यारिण्ट उपलब्ध हुनेछन् ।
सुजुकी गाडीको नेपालका लागि आधिकारिक विक्रेता सीजी नेक्स्ट जेनले भिटारा ब्रेजा नेपाली बजारमा सेग्मेण्टमै पहिलो पटक डुअल कलर स्किम सहित भित्र्याएको हो । कारमा उत्कृष्ट कार्य क्षमता प्रदर्शनीका लागि डीडीआईएस २०० ईञ्जिन जडान गरिएको जनाइएको छ ।
डीडीआईएस २०० डिजल ईञ्जिनले ९० पीएस शक्ति र २४ दशमलव ३ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ । उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र स्पोर्टी बडी किट सहितको यस कारमा स्पोर्टी अलो ह्विल्स देखिने गरी मस्कूलर ह्विल आर्कको प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको फ्लोटिङ रुफ डिजाइनले गतिशिलताको अनुभव दिने कम्पनीले जनाएको छ ।
सुजुकी भिटारा ब्रेजामा आन्तरिक सजावटका लागि पीयानो फिनिस सहित स्पोर्टी सिटको प्रयोग गरिएको छ । यात्रामा आरामदायी अनुभवका लागि कारमा यस सेग्मेण्ट अन्तर्गतकै ठूलो क्याविन र बुटस्पेस उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।
चालक तथा यात्रुको सुरक्षाका लािग कम्प्युटर एडेड डिजाइन प्रयोग गरिएको सुजुकी टीईसीटी प्रणाली जडान गरिएको छ भने एयर ब्याग, एबीएस तथा प्रि टेन्सनर र फोर्स लिमिटर छ । कम्पनीले कारमा बेष्ट इन क्लास फिचर्सका रुपमा एप्पल कार प्ले सहितको स्मार्ट प्ले ईन्फोटेनमेण्ट प्रणाली, क्रुज कन्ट्रोल, एण्टि पिन्च गार्ड पावर विण्डो लगायत विशेषता पनि छन् ।
यसमा किलेस एण्ट्रि, स्टेरिङ माउण्टेड कन्ट्रोल, ब्लू टूथ, भ्वाइस कमाण्ड, ईञ्जिन स्टार्ट स्टप बटन, क्यामेरा सहितको पार्किङ सेन्सर, अटो एसी लगायत सुविधा उपलब्ध छन् । भिटारा ब्रेजाकोे शुरुवाती मुल्य रू. ३५ लाख ९९ हजार छ ।