विशेषज्ञ चिकित्सककोे लाइसेन्स परीक्षामा ३५१ पास
नेपाल मेडिकल काउन्सिलले लिने मेडिकल साईन्स तर्फको विशेषज्ञ (पिजी) तहको लाइसेन्स परीक्षामा ७० दशमलव ७६ प्रतिशत डाक्टर पास भएका छन् ।
२१ फागुनमा छाउनीस्थित आर्मी मेडिकल कलेजमा भएको परीक्षामा ५०० जनाले आवेदन फारम भरेकोमा ४९६ जना उपस्थित भएका थिए ।
परीक्षामा सहभागीमध्ये ३५१ जना पास भएको मेडिकल काउन्सिलका रजिष्टार डा. दीलिप शर्माले बताए ।
शर्माका अनुसार यस पटकको जाँचमा ६ महिना अघि भएको परीक्षामाभन्दा धेरै विद्यार्थी पास भएका छन् ।
उनी भन्छन्, “बिशेषज्ञ तहको पछिल्लो लाइसेन्स परीक्षाको नतिजाले मुलुकको मेडिकल शिक्षाको पढाई बिस्तारै सुध्रिदै गएको देखाएको छ ।”
नेपालमा विशेषज्ञ डाक्टर बनेर बिरामी जाँच्न काउन्सिलले लिने परीक्षामा पास हुनु अनिवार्य छ ।